२०७९ मङि्सर ०६ गते मङ्गलबार युग संवाददाता
कञ्चनपुर क्षेत्र नम्बर ३ (ख) मा नेपाली काँग्रेसका प्रदेश सभा उम्मेदवार बेल बहादुर रानाले एक हजार मतको अन्तरले अग्रता लिएका छन् ।२०७९ मङि्सर ०६ गते मङ्गलबार युग संवाददाता
नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टलाई ज्यान मार्ने धम्की दिइएको छ । मंगलबार बिहान गोदावरी नगरपालिका–१ अत्तरियास्थित भट्टको निवासमा पुगेर दुई जनालेज्यान मार्ने धम्की दिइएका हुन् ।२०७९ मङि्सर ०६ गते मङ्गलबार युग संवाददाता
कैलाली क्षेत्र नम्बर ५ को प्रदेश ख मा नेपाली काँग्रेसका प्रदेश सभा उम्मेदवार प्रकाश देउवाले अग्रता कायम गरेका छन् ।२०७९ मङि्सर ०६ गते मङ्गलबार युग संवाददाता
कैलाली निर्वाचन क्षेत्र नं. ५ मा बल्ल मतगणना सुरु भएको छ । मुख्य निर्वाचन अधिकृत ओमप्रसाद अर्याल विरामीपछि हुन नसकेको मत गणना बिहान १० बजेदेखि सुरु भएको हो ।२०७९ मङि्सर ०६ गते मङ्गलबार युग संवाददाता
बाजुराको त्रिवेणी नगरपालिका-७ को नाटेश्वरी आधारभूत विद्यालय मतदान केन्द्रमा भएको विवादमा मृत्यु भएका दुई जनाको शव अझै उठेको छैन ।२०७९ मङि्सर ०६ गते मङ्गलबार युग संवाददाता
काठमाडौं ४ मा नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाको जित निश्चित भएको छ । ४ हजार ८८१ मत गणना बाँकी रहदा कांग्रेसका थापाले ५ हजार ९९१ मतको अग्रता लिएका छन् ।२०७९ मङि्सर ०६ गते मङ्गलबार युग संवाददाता
भक्तपुर क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेस जिल्ला सभापति दुर्लभ थापाले अग्रता बढाउँदै लगेका छन् ।२०७९ मङि्सर ०६ गते मङ्गलबार युग संवाददाता
कञ्चनपुर क्षेत्र नम्बर ३ मा नेपाली काँग्रेसका उम्मेदवार रमेश लेखकले झण्डै दोब्बर मतले अग्रता लिएका छन् ।२०७९ मङि्सर ०६ गते मङ्गलबार युग संवाददाता
कञ्चनपुर क्षेत्र नम्बर ३ को क मा नेकपा एकीकृत समाजवादीका प्रकाश रावलले अग्रता कायमै राखेका छन् । तीन हजार तीन सय १९ मत गणना हुदा रावलले एक हजार ५२ मत पाएका छन् ।२०७९ मङि्सर ०६ गते मङ्गलबार युग संवाददाता
कैलाली क्षेत्र नम्बर ३ को मतगणनामा नागरिक उन्मुक्ति पार्टीले अग्रता कायमै राखेको छ ।२०७९ मङि्सर ०६ गते मङ्गलबार युग संवाददाता
गोरखा क्षे त्र नम्बर २ मा बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिनिधि सभा उम्मेदवार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले फराकिलो अग्रता लिएका छन् ।२०७९ मङि्सर ०६ गते मङ्गलबार युग संवाददाता
डोटीमा बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका उम्मेदवार प्रेमबहादुर आले मगरले मतान्तर बढाएका छन् ।२०७९ मङि्सर ०६ गते मङ्गलबार युग संवाददाता
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह काठमाडौं-१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । झिनो मतान्तरले चुनाव जित्दै यो क्षेत्रबाट उनी चौथोपटक सांसद बनेका छन्२०७९ मङि्सर ०५ गते सोमबार युग संवाददाता
दार्चुलाको ब्यास गाउँपालिका-२ राप्लाको दुम्लिङ, माल, राप्ला र वडा नम्बर ३ सिना मतदान केन्द्रका मतपेटिकाहरु २७ घण्टापछि दार्चुला सदरमुकाम खलङ्गामा पुर्याइएको छ ।२०७९ मङि्सर ०५ गते सोमबार युग संवाददाता
समानुपातिकतर्फ अहिलेसम्मको मत परिणाममा नेपाली कांग्रेसले अग्रता लिएको छ ।२०७९ मङि्सर ०५ गते सोमबार युग संवाददाता
कैलाली क्षेत्र नम्बर ५ मा मतगणना गर्न माग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय अगाडि नाराबाजी गरिएको छ सर्वदलीय बैठकमा दिउँसो १ बजेदेखि मतगणना गर्ने सहमति भएपनि अहिलेसम्म गणना नथालिएको भन्दै नेकपा एमालेका कार्यकर्ता र स्वतन्त्र उम्मेदवार समर्थकले नाराबाजी गरेका हुन्।२०७९ मङि्सर ०५ गते सोमबार युग संवाददाता
डडेल्धुरामा २०० मत गणना भएको छ । आज दिउसो ३ बजेबाट सुरु भएको मतगणना जारी छ ।२०७९ मङि्सर ०५ गते सोमबार युग संवाददाता
कैलालीको क्षेत्र नम्बर १ मा मतगणना जारी छ । अहिले सम्म १०० मत गणना हुँदा नागरिक उन्मुक्ति पार्टीले अग्रता लिएको छ ।२०७९ मङि्सर ०५ गते सोमबार युग संवाददाता
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा विवाद र झडप हुँदा दुई जनाको मृत्यु भएको बाजुराको त्रिवेणी नगरपालिकामा शान्तिपूर्ण वातावरण बनाउन गृह मन्त्री बालकृष्ण खाणले सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । त्रिवेणी नगरपालिका–७ मा आइतबार झडप हुँदा दुई जनाको मृत्यु र ३ जना घाइते भएका थिए ।२०७९ मङि्सर ०५ गते सोमबार युग संवाददाता
काठमाडौं- १ मा प्रतिनिधि सभा सदस्यतर्फ सिंहले ८१६ मत ल्याएर अग्रता कायम गरेका छन ।२०७९ मङि्सर ०५ गते सोमबार युग संवाददाता
बाजुराका अनेरास्ववियुका केन्द्रीय सदस्य चेतन अएडीको मृत्युपछि अछामको साँफे मार्तडी सडक खण्ड बन्द गराइएको छ । कांग्रेस कार्यकर्ताको कुटपिटबाट गम्भीर घाइते बनेका अयडीको अछामको बलयपाटा अस्पतालमा मृत्यु भएको थियो ।२०७९ मङि्सर ०५ गते सोमबार युग संवाददाता
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत गोरखाको उत्तरी क्षेत्रका मतपेटिका सङ्कलन जारी रहेको छ । जिल्लाका चुमनुब्री गाउँपालिकामा रहेका मतदान केन्द्रका मतपेटिका ल्याउन हेलिकप्टर पठाउने तयारी गरिएको छ ।२०७९ मङि्सर ०५ गते सोमबार युग संवाददाता
चितवन २ मा मतगणना सुरु भएको छ।२०७९ मङि्सर ०५ गते सोमबार युग संवाददाता
आइतबारबाट कतारमा सुरु भएको फिफा विश्वकपमा दक्षिण अमेरिकी राष्ट्र इक्वेडरले विजयी सुरुआत गरेको छ ।२०७९ मङि्सर ०५ गते सोमबार युग संवाददाता
अहिले देशभर पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भू-भागमा आंशिक बदलीको सम्भावना छ। बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।